२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई रविले भने– भुसको थुप्रोमुनि हराएको सियो भेटिएला तर तपाईंहरूमा नैतिकता भेटिएन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा कमजोरी रहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले गृहमन्त्री श्रेष्ठर्ला भन्नुभयो, “साढे दुई हजार भिडलाई नियन्त्रण गर्ने ल्याकत नभएको होइन, तपाईंको नेतृत्वमा देखिएको कमीकजोरीले प्रशासनले अब तपाईंलाई गम्भीरतापूर्वक लिँदैन ।”

बालकुमारी घटना राज्यको सिलसिलेदार अराजकता भएको टिप्पणी गर्दै उहाँले गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गरेको बताउनुभयो । “तपाईंहरू अहिलेसम्म गोली कतिबेला चलेको भन्नेमा स्पष्ट हुनुहुन्न । मन्त्रीज्यू निस्केपछि गोली चलेको कि पहिला चलेको तपाईंहरूले गोलमोटल जवाफ दिनुभएको छ । नैतिकताको कुरा यहाँ नगरौँ । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ । त्यो भेटिँदैन । म त्यता जान चाहन्नँ”, उहाँले भन्नुभयो ।

रवि गृहमन्त्री श्रेष्ठलाई प्रश्न गर्दै भन्नुभयो, “सीडीओको आदेशविना नै गोली हानियो भन्ने कुरा आएपछि त्यसलाई निलम्बन गर्नुहुन्छ ? कि हिरासतमा राख्नुहुन्छ ? कानूनले के भन्छ ? तपाईंहरूले जहिले पनि सानो दर्जाको कर्मचारीलाई बलि चढाउने काम गर्नुभएको छ ।