२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखरको कटाक्ष: योभन्दा बढी सुशासनको नमूना अरु के होला ?



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा विश्वविद्यालयसम्बन्धी कानून ल्याएर सुशासन कायम गर्ने भनी व्यङ्ग्य गर्नुभएको छ ।

उहाँले विश्वविद्यालयहरुमा कुलपति प्रधानमन्त्री, शिक्षामन्त्री र प्रदेशका मुख्यमन्त्री रहने गरी कानून आउन लागेको उल्लेख गर्दै भन्नुभयो, “यो भन्दा बढी सुशासनको नमुना अरु के नै होला र ? हेरौं नेपाली नयाँ बर्ष आउँदा सम्म यस्ता शुसासनका नमुनाहरु कति सुन्न र देख्न पाइने हो ।”

नयाँ वर्ष २०२४ का अवसरमा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नुभएको उहाँको भनाइ यस्तो छ :

नयाँ बर्ष सन् २०२४ मा सरकारको तर्फवाट शैक्षिक क्षेत्रलाई उपहारको रुपमा विश्वविद्यालयहरुमा कुलपति प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रदेशका मुख्यमन्त्री हुनेगरी कानुन आउने भएछ ।
यो भन्दा बढी सुशासनको नमुना अरु के नै होला र ? हेरौं नेपाली नयाँ बर्ष आउँदा सम्म यस्ता शुसासनका नमुनाहरु कति सुन्न र देख्न पाइने हो । सबैमा नयाँ बर्षको शुभकामना ।