२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार विषयमा मास्टर्स, कानुनमा पिएचडी गरेका प्रोफेसर ठेलामा तरकारी बेच्दै



अ+ अ-

एजेन्सी । चार विषयमा स्नातकोत्तर र कानुनमा पिएचडी गरेपछि जो कोहीले पनि आफूलाई सेतो रङको जागिरमा हेर्न चाहन्छन्, तर त्यसको बाबजुद पनि त्यो जागिरमा परिवारको खर्च धान्न मुस्किल पर्दा ती व्यक्ति जे सुकै गर्न तयार हुन्छ ।

पञ्जाबका डाक्टर सन्दीप सिंहसँग पनि यस्तै भएको छ । ३९ वर्षीय डा. सन्दीप सिंह पञ्जाबी विश्वविद्यालय, पटियालामा एक अनुबंधित प्रोफेसर थिए । तर, परिस्थितिका कारण उनले जागिर छोडेर तरकारी बेचेर पैसा कमाउन थाले ।

डा. सन्दीप सिंह पञ्जाबी विश्वविद्यालयको कानुन विभागमा ११ वर्षसम्म करारमा प्राध्यापक थिए । उनले कानुनमा पिएचडी गरेका छन् । पञ्जाबी, पत्रकारिता र राजनीति शास्त्र सहित चार स्नातकोत्तर डिग्री गरेका छन् र अझै पनि आफ्नो पढाइलाई पछ्याउँदै छन् ।

तलब कटौती र अनियमित तलबजस्ता अवरोधको सामना गर्दै डा सन्दीप सिंहले जागिर छाडेको बताइएको छ । उनले भने, ‘समयमै तलब नपाएको र पटक–पटक तलब कटौती हुने गरेकोले जागिर छाड्नुपरेको हो । मलाई त्यो जागिरबाट बाँच्न गाह्रो भयो, त्यसैले मैले आफ्नो र मेरो परिवारको लागि जीविकोपार्जन गर्न तरकारी बेच्न थालें ।’

आफ्नो तरकारी ठेला र त्यसमा ‘पिएचडी सब्जीवाला’ बोर्ड लगाएर, डा. सन्दीप सिंह हरेक दिन घर–घरमा तरकारी बेच्छन् । घरघरमा तरकारी बेच्ने डा सन्दीप सिंह करारमा प्राध्यापक भएर आफुले पाएको भन्दा बढी तरकारी बेचेर कमाएको बताउँछन् । तरकारी बेचेर घर फर्केर परीक्षाको तयारी गर्न पढ्छन् । डा. सन्दीप सिंहले अध्यापनबाट विश्राम लिए पनि आफ्नो जोश छाडेनन् । उनी पैसा बचत गरेर एक दिन आफ्नै ट्युसन सेन्टर खोल्न चाहन्छन् ।