२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारीमा ज्यान गुमाएका युवालाई शहीद घोषणा गरिने, परिवारका एकलाई रोजगारी



अ+ अ-

काठमाडौँ । गएको शुक्रबार ललितपुरको बालकुमारीमा ज्यान गुमाएका दुई जना युवालाई शहीद घोषणा गरिने भएको छ ।

नेपाल सरकार र ती युवाका परिवारकाबीच भएको सहमति बमोजिम उनीहरुलाई शहीद घोषणा गरिएको र परिवारका सदस्यलाई रोजगारी दिइने भएको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र ती युवाका परिवारबीच हिजो भएको ४ बुँदे सहमतिमा सो कुरा उल्लेख गरिएको छ ।

सो सहमति बमोजिम सरकारले ती युवालाई शहीद घोषणा गर्नेछ भने परिवारका कम्तीमा पनि एकजनालाई रोजगारी दिइने छ । इपिएस प्रणालीबाट कोरिया जानका लागि परिक्षा दिन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पुगेपछि त्यहाँ भएको झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको थियो ।

त्यहाँ जम्मा भएका युवाले मन्त्री ज्वालाको गाडी नै जलाइदिएका थिए । सो घटनामा सहभागी भएका मन्त्री ज्वाला तथा श्रममन्त्री शरतसिंह भण्डारीमाथि अनुसन्धान गर्न संसदको राज्य व्यवस्था समितिले आदेश दिएको छ ।




भर्खरै