२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणी: प्रधानमन्त्री बालुवाटारमा टिङरिङ्ग भाँडा बज्दा पनि गणतन्त्रमाथि खतरा देख्न थाल्नु भएको छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा टिङरिङ्ग भाँडा बज्दा पनि गणतन्त्रमाथि खतरा देख्न थाल्नु भएको टिप्पणी गर्नुभएको छ ।

बालकमारीमा भएको घटनाम प्रधानमन्त्रीले गणतन्त्र माथी षडयन्त्र हो कि भन्ने शंका गर्दै सार्बजनिक अभिव्यक्ति दिए पछि प्रवक्ता श्रेष्ठले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

बालुवाटारमा टिङरिङ्ग भॅाडा बज्दा पनि गणतन्त्रमाथि खतरा देख्नुहुने प्रधानमन्त्रीले रोजगारीका लागि विदेश जान पाऊॅ भन्दा दुइ होनहार युवाले ज्यान गुमाउनुपर्ने घटनाको कारण बनेका आफ्ना दुइ मन्त्रीलाई बर्खास्त गर्नुको सट्टा गणतन्त्रमाथि षडयन्त्र भन्दै विषयान्तर गर्न खोज्नु हास्यास्पद छ। हलमा भिड देख्यो कि अन्टसन्ट बोलिहाल्ने, सडकमा भिड देख्यो कि झण्डा हल्लाउदै भिडतिर होमिने मन्त्रीको निरन्तरताले अपत्यारिलो ढंगबाट देशलाई मुठभेडतर्फ लैजाने बाटो तयार हॅुदै हो ?