२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्यामा नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने



अ+ अ-

नयाँदिल्ली । अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरकोे लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ ।

मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् ।

तीन तले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ ।

मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उहाँको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहनेछ ।

मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभा मण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनाइएको छ ।

मन्दिरका स्तम्भ तथा पर्खालहरू देवी देवताहरूको मूर्तिहरू सजिएका छन् । सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ । असहजताको सुविधाका लागि लिफ्ट लगायतकोे व्यवस्था गरिएको छ ।

सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयताकार पर्खालले मन्दिरलाई घेरेको छ । मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिरहरू बनाइएको छ । उत्तरमा माँता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमान्जीको मन्दिर रहनेछ ।




भर्खरै