२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड रुपैयाँ सिधै खर्च गर्न नपाउने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीवार काठमाडौंस्थित भारतीय दुतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको स्वीकार गर्दै दुतावसाले सिधै मनलाग्दी खर्च गर्न नपाउने बताउनु भयो । उहाँले भारतीय दुतावासले जहाँ मन लाग्छ त्यहीँ गएर लगानी गर्न नपाउने र त्यसको लागि प्रक्रिया रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मान्यज्युले राख्नुभयो यो निर्माण गर्दा भारतले मात्रै गर्ने हो की भन्ने यो होइन । त्यस्तो कुनै प्रावधान छैन । सरकार यो विषयमा गम्भीर छ । संवेदनशील छ । कुनैपनि देशले हाम्रो पावर प्रोजेक्ट अघि बढाउन सहयोग गर्नसक्छ, उनीहरुको लगानी हुनसक्छ, जताबाट लगानी भएर उत्पादन भएको भएपनि १० हजार मेगावाट लिने सम्झौता मात्रै भएको हो । अरु भएको होइन । चीनको प्रतिनिधि मण्डल आउनेबारे भारतीय विदेशमन्त्रीले मसँग कुरा गरे भन्नेकुरा बिल्कुल सत्य होइन । एक शब्द पनि उच्चारण गर्नुभएन, मैले त्यसको बारेमा जवाफ दिनु पनि परेन । वान टु वानमा पनि कुनै चासो राख्नुभएन । २० करोडको बारेमा यहाँ अघि मान्यज्युले भनेकै कुरा सत्य हो । ३ करोडबाट शुरु भएर ५ करोड हुँदै २० करोडसम्म भयो । हामीले मन्त्रीपरिषद्मा यो बारेमा लामो छलफल गरेर गरेका हौँ । मन्त्रीपरिषद्मा त्यो बारेमा लामै छलफल गरेका थियौँ । भारतले जहाँ पायो, त्यहीँ लगानी गर्ने, जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने त छैन, त्यसको प्रक्रिया छ, प्रक्रियाबाट गएर मात्रै हुन्छ । यसलाई बढी व्यवहारिक बनाउनेमा मेरो ध्यानाकर्षण भएको छ ।’

प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरले एकैदिन चिनियाँ प्रतिनिधिमण्डललाई बोलाएको विषयलाई लिएर आफूसँग कुनै कुरा नगरेको स्पष्ट पार्नुभयो ।

फोटो- प्रदीपराज वन्त-प्रधानमन्त्रीको सचिवालय