२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फर्किए



अ+ अ-

काठमाडौँ ।  भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता भएका छन् ।

नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका हुन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागि हुन काठमाडौँ आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।

शुक्रबार स्वदेश फर्किनुअघि जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । यस्तै,उनले त्रिभुवन विश्वविद्यालयको पुस्तकालयको पनि उद्घाटन गरेका थिए ।