२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर कानून समितिले प्रधानमन्त्रीलाई बोलायो



अ+ अ-

काठमाडौँ । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले यस्तो निर्देशन दिएको हो । बैठकमा सांसदहरुले दुईदिने नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरु प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए । समिति सदस्यहरुको मागअनुसार सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भारतसँग भएका सम्झौताहरुका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘दुई दिने नेपालको भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर आउँदा भारतसँग भएका सम्झौता कानून न्याय तथा मानव अधिकार समितिलाई जानकारी गराउन सम्माननिय प्रधानमन्त्रीज्यु र सम्बन्धित मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई निर्देशन गर्दछु ।’

उहाँले सरकारले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु हेर्ने क्षेत्राधिकार कानून समितिलाई रहेको भन्दै प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयले समितिमा जानकारी दिनु आवश्यक रहेको बताउनु भयो ।