२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा ह्याण्ड सेट एक थान क्षति भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस