२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसलाई हराउँदै एपिएफ क्लब सेमिफाइनलमा



अ+ अ-

सुर्खेत । विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

साविक विजेता समेत रहेको एपिएफले लगातार तीन जित निकाल्दै समूह ‘ए’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अब एपिएफले मंगलबार बागमती प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । पुलिसले पनि मंगलबार कोशी प्रदेशलाई पराजित गरे समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ ।

वीरेन्द्रनगरको खुल्लामञ्च कोर्टमा सोमबार भएको खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेटमा एपिएफले २५–१७ को सहज जित निकालेको थियो ।

दोस्रो सेटमा एपिएफले २५–१५ ले खेल आफ्नो पक्षमा पार्यो । तर, तेस्रो सेटमा भने पुलिस २५–२२ ले अगाडि रह्यो । अन्तिम सेटमा एपिएफले २५–२० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो ।




भर्खरै