२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनुभएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो ।

भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच दुई देशको सम्बन्धका बिस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको संघीय संसद सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले बताउनु भयो । उहाँले सभामुख घिमिरेले आफू आयरल्याण्ड भ्रमण जाँदा राखेका संसदीय अभ्याका सहयोग र आयरल्याण्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कुराहरु उठाएको बताउनु भयो । सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायको भिसा लिएको खण्डमा आयरल्याण्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिनुभएको कार्यवाहक महासचिव पाण्डेयले बताउनु भयो ।

जवाफमा अध्यक्ष बट्टिमरले आफू उठेका प्रश्नमा गम्भीर रहेको र आयरल्याण्डमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरा अघि बढाउन भ्रमणपछि स्वदेश फर्किए लगत्तै आयरल्याण्डका शिक्षामन्त्रीसँग कुरा राख्ने प्रतिवद्धता जनाउनुभएको पनि कार्यवाहक महासचिव पाण्डेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘५ जनाको टोली सोमवार आउनुभएको थियो । उहाँहरुले आज सम्माननीय सभामुखज्युसँग भेट गर्नुभयो । उहाँहरुको बीचमा दुई देशको सम्बन्धका बारेमा कुरा भयो । दुई देशका संसदको आपसी सहयोग कसरी हुनसक्छ ? भन्ने विषयमा महत्वपूर्ण छलफल भएका छन् । सभामुखज्यु आयरल्याण्ड भ्रमणमा जाँदा उठाउनुभएका विषय नेपाल र आयरल्याण्डको बीचमा पाल्र्यामेण्ट्री सपोर्ट कसरी हुनसक्छ ? भन्नेबारेमा छलफल भएको छ । नेपालका विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्छ भन्नेकुरामा छलफल भयो । युकेको भिसा लिएका नेपालीहरुलाई आयरल्याण्ड भिजिट गर्न दिनेकुरा उठाउनु भयो । संसदीय अभ्यास र जानकारी साटासाटका कुराहरु पनि छलफल भयो । यो सवालमा उहाँहरु सकारात्मक हुनुहुन्छ । आयरल्याण्डको राष्ट्रिय सभा अध्यक्षले सभामुखको भिजिटका क्रममा उठेका कुराहरु स्मरण गरिहरेको र त्यसलाई कार्यान्वयन गर्न लागिरहेको बताउनु भयो । एजुकेशनको बारेमा सकारात्मक भएको बताउनु भयो । आयरल्याण्डमा नेपाली विद्यार्थीहरुका लागि स्कलरसिप खोज्नेकुरामा सकारात्मक कुरा भएको छ ।’

भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमवार बिहान नेपाल आउनुभएको हो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थ व्यक्तिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।




भर्खरै