६ असार २०८३, शनिबार
,
Latest
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीलाई हराएको गण्डकी सेमिफाइनलमा, एपिएफसँग भिड्ने



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार लिग चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलाई‌ ३–० ले हराउँदै गण्डकी समूह ‘बी’ को उप विजेता बनेर अन्तिम चारमा पुगेको हो ।

गण्डकीले कर्णालीलाई २५–२१,२५–२१ र २५–२१ ले हरायो । गण्डकीले ४ मध्ये ३ खेल‌ जित्दै ९ अंक जोडेको छ भने अपराजित रहेको समूहको “बी’ को विजेता त्रिभुवन आर्मी क्लबको १२ अंक छ ।

अब बुधबार हुने पहिलो सेमिफाइनलमा गण्डकीले समूह ‘ए’ को विजेता एपिएफको‌ सामना गर्नेछ। दोस्रो सेमिफाइनल नेपाल पुलिस क्लब र आर्मीबीच हुनेछ ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।