२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोलेश्वरमा आजदेखि महायज्ञ



डोलेश्वर मन्दिर।
अ+ अ-

भक्तपुर ।  केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र गुजरातस्थित माँ कालिधामले संयुक्त रुपमा महायज्ञ आयोजना गरेका हुन् ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा भारतबाट आएको चैतन्य सेवा आश्रम महाराष्ट्रका संरक्षक ब्रम्हचारीसन्त सन्तोष चैतन्यद्वारा भागवत कथा ज्ञान वाचन गरिएको छ ।

बागमति प्रदेशसभाका सदस्य किरण थापाले महायज्ञको उद्घाटन गर्दै भारतमा रहेको केदारनाथ शरीर भएको जनाउँदै केदारनाथको शिर भाग डोलेश्वरमा रहेको बताउनुभयो । उहाँले भारतबाट आएर यहाँ महायज्ञ गर्नु धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिनुभयो ।

भारतबाट आएको भीमाशङ्कर महाराजले सन् २००९ मा डोलेश्वर मन्दिरलाई केदारनाथको शिर भाग रहेको घोषणा गरेपछि यसको चर्चा भारतमा चुलिएको थापाले बताउनुभयो । त्यसयता नेपाल र भारतबाट आउने दर्शनार्थीको भीड बढ्नुको साथै भारतका विभिन्न राज्यबाट यहाँ आएर महायज्ञ गर्नु देशकै लागि उपलब्धिमूलक भएको उहाँको भनाइ थियो ।

महायज्ञमा सहभागी हुन आयोजकको टोलीमा गुरुसहित भारतबाट आउनु भएका दुई सय पाँच जना भक्तजनलाई समितिले नि:शुल्क बसोबास एवं सुरक्षाको व्यवस्था गरेको डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । रासस