२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो आगामी फिल्म ‘छावा’का लागि निकै पसिना बगाइरहेका छन् विक्की कौशल



अ+ अ-

एजेन्सी । विक्की कौशल बलिउडका चर्चित अभिनेता हुन् । उनले चलचित्रमा आफ्नो पात्रलाई निकै उत्कृष्ट ढंगले निभाएका छन् । उनको फिल्म ‘सामबहादुर’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो ।

देशका प्रथम फिल्ड मार्शल साम मानकेशाको जीवनमा आधारित यस फिल्ममा विक्कीको अभिनयको सबै प्रशंसक बनेका छन् । उनले साम मानेकशको चरित्रलाई जीवन्त ल्याए । अभिनेता अहिले आफ्नो अर्को फिल्मको तयारीमा व्यस्त छन् । यसका लागि उनीजिममा पसिना बगाएका छन् ।

अभिनेताको हालैको सामाजिक सञ्जाल पोष्टबाट अनुमान गर्न सकिन्छ कि उनी पात्रमा आउन कत्तिको मेहनत गरिरहेका छन् ।

विक्की कौशलको आगामी फिल्म ‘छावा’ हो । यो पिरियड एक्शन ड्रामा फिल्म हो, जसमा अभिनेताले छत्रपति संभाजी महाराजको भूमिका निर्वाह गर्नेछन् । हालै विक्कीले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो तस्विर शेयर गरेका छन् । जसमा उनी वर्कआउटमा देखिएका छन् । अभिनेता भारोत्तोलन र आफ्नो कसरत लक्ष्य पूरा गर्दै देखिएका छन् । यससँगै अभिनेताले क्याप्सन लेखेका छन्, ‘छावा’ ।

फिल्म ‘छावा’ मार्फत विक्की पहिलो पटक पिरियड ड्रामा फिल्ममा काम गर्दैछन् । अभिनेता आफ्नो चरित्रको तयारीमा कुनै कसर छोड्न चाहँदैनन् । हालै एक अन्तर्वार्तामा यस फिल्मको बारेमा कुरा गर्दै विक्कीले भनेका थिए, ‘यो पिरियड ड्रामा फिल्म हो र यो मेरो लागि पहिलो पटक हो । हामी यसलाई धेरै गम्भीरतापूर्वक गर्दैछौं । यसमा धेरै एक्सन र धेरै ड्रामा छ । यो भावनाले भरिएको एक अद्भुत कथा हो ।’

विक्की कौशलले आफू एक्सन हिरो बन्न चाहेको बताएका थिए । चलचित्र ‘छावा’ लाई लक्ष्मण उतेकरले निर्देशन गर्दैछन् । फिल्ममा विक्की कौशलका अलावा रश्मिका मन्दना पनि देखिनेछिन् । फिल्ममा उनी येसुबाई भोस्लेको भूमिकामा देखिनेछिन् । रिपोर्टका अनुसार अक्षय खन्ना औरंगजेबको भूमिकामा देखिन सक्नेछन् । यी बाहेक आशुतोष राना, दिव्या दत्त र प्रदीप सिंह रावत जस्ता कलाकार पनि फिल्ममा देखिनेछन् ।