२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वार्थ बाझिने गरी क्यानको महाप्रवन्धक नियुक्ति भएको भन्दै असन्तुष्टि



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

असन्तुष्ट पक्षका नवराज कोईरालाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हुन् । कोईराला पनि सो नियुक्त प्रक्रियाका क्रममा प्रतिष्पर्धीका रूपमा सहभागी हुनुभएको थियो । तर सो पदमा नियुक्ति गर्दा ‘कन्फ्लिक्ट अफ इस्ट्रेस्ट’ (स्वार्थ बाझिने किसिम) बाट भएको कोईरालाले आरोप लगाउनु भयो । महाप्रवन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए । उक्त नियुक्ति ७२ घण्टाभित्र नसच्याए क्यान र क्यान सचिव पारस खड्काबिरुद्ध सर्वोच्च अदालत जाने धम्की दिनुभयो ।

असन्तुष्ट कोईरालाले बलियो नेपालमा रहेका सदस्यले नै नियक्ति पाउँदा उनलाई छनोट गर्ने व्यक्तिमध्ये दुई जना नै सोही संस्थाको सदस्य रहेको सार्वजनिक गर्नुभयो । क्यानका सचिव पारस खड्का, पोखरेल दुवै बलियो नेपालको संस्थापक रहेको र त्यही संस्थामा आवद्ध व्यक्तिलाई नै महाप्रवन्धकका लागि छनोट गरिएको उहाँको आरोप छ । क्यानले सोमवार उत्सव ढुंगानालाई महाप्रवन्धकमा नियुक्त गरेको थियो । कोईरालाले सो संस्थामा काम गरेको यसअघि नै सार्वजनिक भइरहेको थियो ।

बलियो नेपालको सहकार्यमा पारसले नै बलियो कप क्रिकेट गर्दैै आएका थिए । त्यसैले कोईरालाले महाप्रवन्धक छनोट प्रक्रिया नै शंकास्पद रहेको बताउनु भयो । असन्तुष्ट कोईरालाले शनिवारको दिन सरकारी संस्था क्यानको महाप्रवन्धक पदको अन्तर्वार्ता लाजिम्पटको होटलमा किन ? क्यानको कार्यालय छैन ? कार्यालय खुल्ने दिन किन नलिएको ? लगायत प्रश्न गरेका छन् । उनले महाप्रवन्धका लागि लिखितमा सोधेको प्रश्नको स्तर सामान्य कर्मचारीलाई सोधे जस्तो र जुन प्रश्नबाट महाप्रवन्धक कसरी छनोट हुन्छ ? भन्दै कोईरालाले प्रतिप्रश्न गर्नुभयो ।

कुल ६१ आवेदनबाट सर्ट लिस्ट गरी अन्तर्वार्ता लिएर क्यानले ढुंगानालाई नियुक्त गरेको थियो । ६ महिनाअघि जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो । तर, नियुक्ति भएपछि पनि विवादमा परेको छ ।

क्यानले महाप्रवन्धक लागि दोस्रो पटक आवेदन माग गरेको थियो । क्यानमा नयाँ नेतृत्व आएसँगै पुरानो प्रक्रियाबाट छनोट भएकालाई रद्द गरेको थियो । तर, त्यो विवादमा परेपछि पुरानोसहित कुल ६८ जनाले महाप्रवन्धकका लागि आवेदन दिएका थिए । त्योमध्ये सर्ट लिस्टमा १४ जना परेको र अन्तर्वार्तामा सात जनालाई बोलाएको थियो ।




भर्खरै