२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य सचिब अर्याल सहित बिभिन्न व्यक्तिहरु सम्मानित



अ+ अ-

काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालले राष्ट्र र समाजलाई योगदान दिएका पूर्खाहरुको बिरासतलाई कायम राख्नु पर्ने बताउनु भएको छ ।

अर्याल समाज नेपालले आयोजना गरेको नेपालको समुन्नतिमा अर्याल वंशका सन्ततिहरुले पुर्याउनु भएको योगदानको कदर स्वरुप सम्मान तथा अभिनन्दनकार्यक्रम मुख्य सचिब अर्यालले ईतिहास नयाँपुस्ताका लागि बुझ्ने अबसर पनि मिलाउनु पर्ने बताउनु भयो ।

उहाँले यसका लागि समाजले निर्माण गर्न लागेको संरचनामा सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डोर प्रसाद अर्याल , मुख्य सचिब बैकुण्ठ अर्याल सहित निजामति सेवामा कार्यरत बिशिष्ट श्रेणीका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यसै गरी सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल सहित बिभिन्न क्षेत्रमा क्रियाशिल अर्यालहरु लाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका अध्यक्ष ध्रुव अर्यालले अर्याल बंशको बारेमा जानकारी गराउदै समाजको आगामी योजना बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको संयोजन गर्नुभएका मध्ये एक अधिबक्ता शिव अर्यालले देश भरि छरिएर रहेका अर्याल दाजु भाईहरु लाई एकै ठाँउ जोड्ने हातेमालो अभियानमा सुरु गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा गायक तथा व्यग्यकार कमल अर्याल गाउले गायीका चन्दा अर्याले लगायतले आफनो प्रस्तुति दिनु भएको थियो ।