२३ असार २०८३, मंगलवार
,
Latest
सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिद्वारा समृद्धिका लागि क्रियाशील हुन आग्रह



फाइल फोटो
अ+ अ-
उपराष्ट्रपतिद्वारा समृद्धिका लागि क्रियाशील हुन आग्रह
राष्ट्रिय समाचार समिति ९रासस०
काठमाडौँ, २७ पुस स् उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा रुपान्तरण गर्न सके मात्र विविधताले सकारात्मक परिणाम दिनसक्ने उल्लेख गर्नुभएको छ ।
“हाम्रो संविधानले यही विविधतालाई सकारात्मक परिणाममुखी बनाउन धर्म निरपेक्षता, समावेशीता र समानताको सिद्धान्तलाई अङ्गीकार गरेको छ, संविधानको यो मर्मलाई सम्पूर्ण नेपाली नागरिकले सर्वोपरि ठान्दै राष्ट्रिय एकतालाई बलियो, एक ढिक्का र बनाउनमा हामी एकजूट भई लाग्नुपर्छ” उहाँले भन्नुभएको छ ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधताप्रति सद्भाव राख्दै सिङ्गो मुलुकको हित र सम्पूर्ण नेपालीको एकताप्रति समर्पित हुने दिनका रुपमा राष्ट्रिय दिवस मनाउन सके हाम्रो मौलिक पहिचान : ‘विविधता एकता’ को पृष्ठपोषण मात्र हुँदैन, हाम्रो विविधतायुक्त संस्कृति, पहिचान, परम्परालाई एकीकृत र एकाकार गर्दै अन्तत: नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन सघाउ पुग्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
(((




भर्खरै