२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी अनुशासनको कडाईका साथ पालना गराउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी अनुशासनको कडाईका साथ पालना गराउन आग्रह गर्नुभएको छ ।

बढ्दो सवारी दुर्घटना प्रति चिन्ता व्यक्त गर्दै पूर्व राष्ट्रपति भण्डारीले सवारी अनुशासनको कडाईका साथ पालना गर्न एवं दुर्घटनाका कारणहरू पहिचान गरी आवश्यक उपायहरू अवलम्बन गर्न चालक, यात्रु र सवारी नियामक निकायको ध्यानआकृष्ट गराउनु भएको छ ।

उहाँले सामाजिक संञ्जाल मार्फत सवारी दुर्घटनाहरूमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ –

गए राती दाङको भालुवाङमा भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको, आज विहान बागलुङको बुर्तिबाङमा भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको र आजै दिउँसो काठमाडौँ महानगरपालिकाको चन्द्रागिरी नगरपालिका अन्तर्गत सेतो पहरामा भएको कार दुर्घटनामा परी ४ जनाको मृत्यु भएको अत्यन्त दुस्खद् खबर प्राप्त भएको छ । वितेका २४ घण्टाभित्र भएका यी सडक दुर्घटनाहरूमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । दुर्घटनामा आफ्ना प्रियजन गुमाउने शोकविह्वल परिवारजनप्रति मेरो गहिरो समवेदना !सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी अनुशासनको कडाईका साथ पालना गर्न एवं दुर्घटनाका कारणहरू पहिचान गरी आवश्यक उपायहरू अवलम्बन गर्न म चालक, यात्रु र सवारी नियामक निकायको ध्यान आकृष्ट गराउँदछु ।