२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वले अनेकतामा एकता कायम गर्न भूमिका खेलेका छन्: सभापति देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।

‘मकर सङ्क्रान्ति/माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको बताउनुभएको छ । साथै उहाँले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न पर्वले सघाएको उल्लेख गर्नुभएको छ ।

‘मकर सङ्क्रान्ति/माघे सङ्क्रान्ति’ नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ । एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको उल्लेख उहाँले गर्नुभएको छ ।

सभापति देउवाले यस पर्वका अवसरमा यस दिनलाई विशेष पर्वका रुपमा मनाउनु हुने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा कांग्रेस र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।रासस