२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमाडोलमा इनारमा खसेकी महिलाको सकुसल उद्धार



अ+ अ-

ललितपुर । ललितपुरको इमाडोलमा सोमबार बिहान इनारमा खसेकी महिलाको उद्धार भएको छ।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान इनारमा खसेकी थिइन्। उनलाई उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो।

उनी लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। तर इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी थिइन्। उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।