२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

किम जोङ उनको आफ्ना जनतालाई अपिलः दक्षिण कोरियालाई सबैभन्दा ठूलो शत्रु मान्नु



अ+ अ-

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले सोमबार दक्षिण कोरियालाई ‘प्राथमिक शत्रु’को रूपमा हेरिएको सुनिश्चित गर्न संविधान परिवर्तन गर्न आह्वान गर्दै चेतावनी दिए कि उनको देश युद्धबाट बच्न चाहँदैन । सरकारी सञ्चार माध्यम केसीएनएले मंगलबार सो जानकारी दिएको हो ।

उत्तर कोरियाको रबर स्ट्याम्प संसदको सर्वोच्च जनसभामा सम्बोधन गर्ने क्रममा किमले दक्षिणसँगको एकीकरण अब सम्भव नभएको निष्कर्षमा पुगेको र सियोललाई शासन पतन र अवशोषणद्वारा एकीकरण खोजेको आरोप लगाए ।

किमले उत्तर कोरियालीहरूलाई दक्षिण कोरिया एक ूप्राथमिक शत्रु र अपरिवर्तनीय प्रमुख शत्रुू हो भनेर शिक्षित गर्न संविधान संशोधन गर्नुपर्ने र उत्तर कोरियाको क्षेत्रलाई दक्षिणबाट छुट्टै परिभाषित गरिनुपर्ने बताए । ‘हामी युद्ध चाहँदैनौं तर यसलाई टार्न हाम्रो कुनै मनसाय छैन’ केसीएनएले किमलाई उद्धृत गरेको छ ।

राज्य मिडियाले एकीकरण र अन्तर-कोरियाली पर्यटनमा संलग्न तीन संस्थाहरू पनि बन्द गरिने बताए । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मन्त्रिपरिषद्को बैठकमा दक्षिण कोरियालाई शत्रु देश भन्ने प्योङयाङलाई ‘राष्ट्रविरोधी’ भएको बताए ।