२३ असार २०८३, मंगलवार
,
Latest
ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी नेप्से परिसूचक २४.५७ अङ्कले बढ्यो प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ २१ गते बिहे गर्दै देउवाका छोरा जयवीरसिंह र शिवाना



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा वैवाहिक बन्धनमा बाँधिने भएका छन् । जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग यही माघ २१ गते विवाह गर्न लागेका देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

जयवीर र शिवानाले गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थितमा इन्गेजमेन्ट गरेका थिए ।

जयवीर र शिवानाको विवाह बूढानिलकण्ठस्थित घरबाट गर्ने तयारी रहेको बताईएको छ । घर मर्मतको काम सकिएसँगै देउवा परिवार धुम्बाराहीस्थित भाडाको घर छाडेर बुधबार बिहान बूढानिलकण्ठ सरिसकेका छन् ।

जयवीरसिंह डडेल्धुराबाट कांग्रेस क्रियाशील सदस्य हुन् । यद्यपी, उनी राजनीतिमा सक्रिय छैनन् । गायिकासमेत रहेकी शिवानाले भने ब्युटी-प्रडक्टको व्यवसाय गर्छिन् ।