२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा चाल्र्सलाई प्रोस्टेटको समस्या, अर्को हप्ता उपचार हुने



अ+ अ-

लण्डन । बेलायतका राजा चाल्र्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारको लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।

बकिङ्घम प्यालेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हरेक वर्ष हजारौं पुरुषले सामना गर्ने प्रोस्टेटको समस्याजस्तै सामान्य अवस्थाको प्रोस्टेटको उपचारका लागि राजा चाल्र्स अर्को हप्ता अस्पताल जानुहुनेछ । अहिले राजा चाल्र्सकोे अवस्था सामान्य र जोखिमरहित रहेको र उहाँले समस्या थप नहोस् भनी चिकित्सकीय सेवा लिनुहुनेछ ।”

राजा चाल्र्सको पूर्व निर्धारित सार्वजनिक कार्यक्रम उपचारका क्रममा केही समयको लागि स्थगित गरिनेछ ।

महारानी एलिजाबेथ द्वितीयाको निधनपछि गत वर्ष ७४ वर्षको उमेरमा राजा चाल्र्सले बेलायतको राजकीय बागडोर सम्हाल्नुभएको थियो ।

बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार हरेक तीन जना बेलायती पुरुषमध्ये एक जनाभन्दा बढीले आफ्नो जीवनकालमा प्रोस्टेट बढ्ने समस्याको सामना गर्नुपर्ने हुन्छ र यो अवस्था सामान्यतया बुढ्यौलीसँग सम्बन्धित हुन्छ ।

एनएचएसले आफ्नो वेबसाइटमा भनेको छ, “उमेर बढ्दै जाँदा प्रोस्टेट किन ठूलो हुन्छ भन्ने थाहा छैन, तर यो क्यान्सरका कारण होइन र यसले प्रोस्टेट क्यान्सर हुने खतरा बढाउँदैन ।”