२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी



अ+ अ-

सिजियाजुआङ । स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन् ।

हालै सञ्चालन गरिएको २०२३र०२४ मा सञ्चालन गरिएको पानीमा बस्ने चरा अनुगमन अभियानको क्रममा कर्मचारीहरूले हेङ्सुई लेक नेसनल नेचर रिजर्भमा ७० प्रजातिका चराहरू फेला पारेको केन्द्रका झाङ युगुआङले बताउनुभयो ।

हेबेई प्रान्तीय वानिकी र घाँसे मैदान विभागका विज्ञ एन चुनलिनले जाडो सामान्यभन्दा चिसो हुँदा ६० हजारभन्दा बढी चराहरूलाई केन्द्रमा बासस्थान र प्रशस्त खाना प्रदान गर्ने बताउनुभएको छ ।

सर्वेक्षणको नतिजाले आरक्षको पारिस्थितिकीय वातावरणमा सुधार र पारिस्थितिकीय संरक्षणमा यसका उपलब्धिहरू प्रतिबिम्बित गर्दछ ।

हेबेईको हेङ्सुई सहरमा अवस्थित हेङ्सुई ताल, उत्तरी चीनको मैदानमा सबैभन्दा ठुलो एकल पानीको सतह भएको राष्ट्रिय प्रकृति आरक्ष हो । आरक्ष र वरपरका क्षेत्रमा सिमसार, ताल, घाँसे मैदान र घना जङ्गलले पर्यावरणलाई सन्तुलित पारेको छ ।

यो पूर्वी एसियाली–अष्ट्रेलियाली उडान मार्गमा प्रवासी चराहरूको बासस्थानको लागि रोकिन महत्वपूर्ण ठाउँ पनि हो । यहाँ प्रकृति आरक्षका कर्मचारीहरूले अहिलेसम्म ३३४ प्रजातिका चराहरू अवलोकन गरिसकेको बताएका छन् ।