२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्द वियोगी पुरस्कारबाट चार पत्रकार सम्मानित



अ+ अ-

नुवाकोट । गोविन्द वियोगी पत्रकारिता पुरस्कार, २०८० बाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेसहित चार जना सम्मानित हुनुभएको छ ।

सम्पादक समाज नेपालले आज यहाँ आयोजना गरेको वियोगी पत्रकारिता पुरस्कार एवं सम्मान समारोहमा ‘योहो’ टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारी, ‘त्रिशूली प्रवाह’का सम्पादक शरण उत्सुक सापकोटा र पत्रकार मन्टेश्वरी राजभण्डारी सम्मानित हुनुभएको हो । पुरस्कार अर्थमन्त्री डा प्रकाशशरण महतले प्रदान गर्नुभएको थियो ।

गोविन्द वियोगी पत्रकारिता पुरस्कारबाट भण्डारीलाई रु २५ हजार नगद राशिसहित सम्मान गरिएको हो । यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट सम्मानित सापकोटालाई रु १५ हजार नगद राशिसहित सम्मानित गरेको हो । राससका पूर्वअध्यक्ष वाग्ले र पत्रकार राजभण्डारीलाई पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि उल्लेखनीय योगदान पु¥याएको भन्दै समाजले सम्मान गरेको हो । समाजअन्तर्गत गोविन्द वियोगी स्मृति कोषले पुरस्कार स्थापना गरेको हो ।

सम्मान समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले सम्मानितलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रमा वियोगीको योगदानलाई स्मरण गर्दै गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र भवनको व्यवस्थापनका लागि आगामी वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो । “वियोगीजी सम्झिरहनुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो, कोषको विकास गतिशीलताजस्ता विषयमा अन्तक्र्रिया र छलफल होस्, यो परिसरको पूर्णरुपमा उपयोग होस्, कोष जीवन्त बनोस्”, उहाँले भन्नुभयो ।

समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको सीप एवं क्षमता अभिवृद्धि, पारिश्रमिक वृद्धि र विज्ञापनसम्बन्धी कठिनाइको गाँठो फुकाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“पत्रकारको सीप र क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकता छ । पारिश्रमिक दुई÷दुई वर्षमा मूल्याङ्कन हुन सकेको छैन, यसबारे सरकारको तत्काल ध्यानाकर्षण हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकारितामा एकसाथ धेरै चुनौती देखिएको गुनासो गर्नुभयो । पत्रकारको पारिश्रमिक वृद्धिका लागि आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ । अध्यक्ष खड्काले भन्नुभयो, “आर्थिक सङ्कटको असर सबै क्षेत्रमा परेको छ । यसबाट श्रमजीवी पत्रकार पनि मारमा परेका छन् । रोजीरोटीका लागि जटिलता छ । प्रत्येक दुई÷दुई वर्षमा वृद्धि हुनुपर्ने तर पाँच वर्ष बितिसक्यो, यसका लागि सरकारसँग विशेष अनुरोध गर्दछु ।”

सम्मान ग्रहणपछि राससका पूर्वअध्यक्ष वाग्लेले पत्रकारको आर्थिक सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारितामा देखिएको चुनौतीलाई मिलेर सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

सम्मानित पत्रकारले आलोचनात्मक चेतसहितको पत्रकारिताका लागि स्वयं पत्रकारको क्षमता अभिवृद्धि र आर्थिक सुरक्षाको प्रत्याभूतिको माग गर्नुभयो । समाजका महासचिव एवं वरिष्ठ पत्रकार श्याम डोटेलले नयाँ पुस्ताका पत्रकारलाई दक्ष बनाउन क्षमता अभिवृद्धिका तालिम उपलब्ध गराउन सकेमात्र गुणस्तरीय पत्रकारिताको अभ्यास हुने बताउनुभयो । रासस