२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्प: रुकुम पश्चिममा १६ हजार अस्थायी आवास निर्माण



file photo
अ+ अ-

त्रिवेणी । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ हालसम्म जिल्लाभर १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् ।

भूकम्प गएको दुई महिना भन्दाबढी समय वितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । अझै कतिपय पनि भूकम्पपीडित त्रिपालको भरमा तथा चर्किएको घरमा रात काट्न बाध्य छन् । दुई महिनामा १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । अझै पनि सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न नसकिएको उहाँले बताउनुभयो ।

बढुवाका अनुसार जिल्लाभर सात हजार चार सय ९७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । जिल्लामा २९ हजार चार सय छ लाभग्राही पहिचान भएका जनाउँदै बाँकी लाभग्राहीका लागि अस्थायी आवास निर्माण हुन नसकेको उहाँले बताउनुभयो ।

हालसम्ममा सबैभन्दा बढी अस्थायी आवास आठबीसकोट नगरपालिकामा पाँच हजार चार सय ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ७० अस्थायी आवास निर्माण भएका छन् ।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रू २५ हजारका दरले रकम पठाएको छ । भूकम्पबाट पीडितको लागत सङ्कलन भइरहेकाले लाभग्राहीको सङ्ख्या तीस हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ ।




भर्खरै