२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससमा अवधी भाषाको समाचार सेवाको नेपालगञ्जमा औपचारिक शुभारम्भ



अ+ अ-

नेपालगञ्ज । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिक रुपमा अवधी भाषामा समाचार सेवा सुरु गरेको छ । आज यहाँ आयोजित सेवा शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कम्प्युटरको माउस क्लिक गरेर समाचार सेवाको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख विष्टले अवधी भाषाका समाचार सेवामा स्थानीय सरकारले सहयोग गर्ने बताउनुहुँदै आफ्ना भाषा, कलासंस्कृतिको संरक्षण गर्नका लागि यस्ता प्रयास फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले अवधी भाषाको संरक्षण र विकासका लागि स्थानीय सरकारले पहल गरेको उल्लेख गर्दै अवधी भाषाभाषीको संरक्षणले नेपालगञ्जको परिचय दिने बताउनुभयो ।

नगरप्रमुख विष्टले भन्नुभयो, “जसले नेपाली भाषा बुझ्नु हुँदैन उहाँहरुले आफ्ना मातृभाषाबाट समेत लाभ लिन सक्नुहुनेछ ।” अवधी भाषा र साहित्यको जगेर्ना गर्न स्थानीय सरकार समन्वय र सहकार्य गर्न तयार भएको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मातृभाषाको विषय समावेशी र सङ्घीयता कार्यान्वयनसँग जोडिएका भन्दै अवधी भाषाका समाचार स्थानीय सञ्चारमाध्यमले प्रयोग नगरे त्यसको अर्थ नहुने बताउनुभयो । उहाँले मातृभाषाको समाचार सेवासँग समाजलाई जोड्नुपर्ने तर्क गर्दै सञ्चारमाध्यमले बहुलवादलाई ध्यानमा नराखेको तर राससले त्यसलाई ध्यानमा राखेर काम गर्न खोजेको बताउनुभयो ।

अध्यक्ष झाले पहिलोपटक अवधी समाचार सेवा सुरुआत गर्न उपमहानगरले देखाएको अग्रसरताप्रति धन्यवाद व्यक्त गर्दै सम्बन्धित भाषामा विषवस्तु पाउनका लागि समाचार सेवा सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी चैतभित्र भोजपुरी भाषामा पनि समाचार सेवा सञ्चालनको तयारी भएको जानकारी दिनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले अवधी भाषाको समाचार सेवाबाट भाषामा विविधीकरण भएको उल्लेख गर्नुभयो । उहाँले सबै भाषाको साझा संस्थाका रुपमा राससलाई स्थापित गर्न खोजिएको भन्दै उपमहानगरपालिकाले भाषिक समुदायको सांस्कृतिक महत्वलाई बुझेको बताउनुभयो ।

साहित्यकार सनत रेग्मीले अवधी भाषाको विकासका लागि यस क्षेत्रका अगुवा जागरुक हुनुपर्नेमा जोड दिँदै अवध क्षेत्रको संस्कार र संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुभयो ।

अवधी साहित्यकार विश्वलाल कुमालले दाउपेचका कारण अवधी साहित्य पछिपरेको उल्लेख गर्नुभयो । उक्त अवसरमा सेवाग्राहीका तर्फबाट दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, रासस नेपालगञ्ज शाखाका कार्यालय प्रमुख युवराज पाण्डे, अवधी समाचारका अनुवादक राकेश मिश्रलगायतले अवधी समाचार सेवा सुरुआतबाट अवधी भाषी सञ्चारमाध्यम लाभान्वित हुने बताउनुभयो ।

गत पुस २३ गते सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय (मातृभाषा) समाचार सेवाको शुभारम्भ गर्नुभएको थियो । रासस




भर्खरै