२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविको उपकुलपतिका लागि ४३ जनाको दरखास्त



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले दरखास्त दिएका छन् ।

उपकुलपतिका लागि आवेदन दिने अन्तिम समय सोमबार अपराह्न ४ बजेसम्म तोकिएको थियो । उक्त समयसिमामा ४३ जनाले दरखास्त दिएका हुन् ।

त्रिविको उपकुलपतिका लागि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले दरखास्त दिएका छन् ।

शिक्षा मन्त्रालय पुगेर उनले आवेदन दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १८ फागुन २०७६ मा सिंहलाई उपकुलपतिमा नियुक्त गरेका थिए । उनको कार्यकाल फागुनमा सकिँदै छ ।

त्यसअघि नै सिंहले त्रिविको उपकुलपति हुन दरखास्त दिएका हुन् । यस्तै, त्रिविका पूर्वउपकुलपति तीर्थ खनियाँ, पूर्वरजिष्ट्रार चन्द्रमणि पौडेल, कार्यवाहक उपकुलपति शिवलाल भुसालले पनि उपकुलपतिका लागि दरखास्त दिएका छन् ।