२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको विशेष साधारण सभाबाट लेखा परीक्षक नियुक्त



अ+ अ-

काठमाडौँ । लेखा परीक्षकको नियुक्त लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सोमवार सम्पन्न भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सोमवार साधारणसभाले लेखा परीक्षक नियुक्त गरेको हो । सो साधारण सभाले लेखा परीक्षक वर्ष २०७९÷८० का लागि एलएसबी एसोसिएट र ८०/८१ का लागि एएनएस एसोसियटलाई नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ । साधारणसभाअघि बसेको आपतकालिन बैठकले दुई निर्णय पनि गर्यो । साधारण सभा सकिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका प्रवक्ता सुरेश शाहले विशेष साधारण सभाका लागि अनुमानित बजेट ४३ लाख ३० हजार २ सय रुपैयाँ पनि बैठकले पारित गरेको बताउनु भयो ।

यसअघि गत कात्तिक २३ गते मात्र एन्फाको विशेष साधारण सभा भएको थियो । त्यतिबेला एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबिरुद्ध अविश्वासको प्रश्तावका लागि सो साधारण सभा भएको थियो । तर साधारणसभाले नेम्वाङमाथिको अविश्वास अस्वीकृत गरेको थियो । एन्फाका प्रवक्ता शाहले सहायक महासचिव वसन्त अर्यालको जिम्मेवारी परिवर्तन गरी रिक्त पदमा विजय घलेलाई जिम्मेवारी दिइएको पनि जानकारी दिनुभयो । उहाँले अध्यक्षले एन्फाको महासचिव, सहायक महासचिव र प्रवक्ता नियुक्ति गर्न पाउने अधिकार प्रयोग गरेको सो निर्णय गरेको दाबी गर्नुभयो ।

तीन महिना नै नबित्दै एन्फाको अर्को साधारणसभा गरे पनि विवाद भने उत्पन्न भएन । एन्फाले लेखा परीक्षक नियुक्तिका लागि भने दोस्रो पटक विशेष साधारणसभा बोलाएको हो । —न्युज एजेन्सी नेपाल