२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्याप्टेन मिलर’का निर्मातामाथि कथा चोरेको आरोप



अ+ अ-

एजेन्सी । धनुषको हालै रिलिज भएको फिल्म ‘क्याप्टेन मिलर’माथि कथा चोरेको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्मलाई तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले यस्तो आरोप लगाएका हुन् ।

आफ्नो तमिल उपन्यास र कविताका लागि परिचित भेलाले ‘क्याप्टेन मिलर’ उनको उपन्यास ‘पट्टाथु यानाई’ को प्रतिलिपि भएको दाबी गरेका छन् । उनले विना अनुमति उपन्यासलाई मिलाएर फिल्म बनाएकोमा निर्माताको आलोचना गरेका छन् ।

एउटा तमिल पत्रिकासँग कुरा गर्दै वेलाले भने, ‘यो फिल्मको कथा मेरो उपन्यास ‘पट्टाथु यानाई’ मा आधारित छ । म यो चोरीको न्याय चाहन्छु । तमिल फिल्म इन्डस्ट्रीमा इमान्दारिता छैन । म यो मुद्दा तमिल सिनेमा निर्देशक संघमा लैजानेछु । मलाई आशा छ कि फिल्म निर्माता भरतिराज सरले मलाई न्याय दिनुहुनेछ ।

फिल्म ‘क्याप्टेन मिलर’ मा धनुष फरक अवतारमा देखिएका छन् । फिल्मको कथा स्वतन्त्रतापूर्वको समय हो । यो ‘क्याप्टेन मिलर’ नामक व्यक्तिको कथा हो । उनी पहिले ब्रिटिस आर्मीका सिपाही थिए तर उनले आफ्नो गाउँमा लुकेको खजाना लुट्न चाहने अंग्रेजहरूबाट आफ्ना गाउँलेहरूलाई बचाइरहेका छन् ।