२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हरेक वर्ष अयोध्या आउनेछु’



अ+ अ-

एजेन्सी । सोमबार अयोध्याको राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठाा गरिएको थियो । यस विशेष अवसरमा सम्पूर्ण बलिउड जम्मा भएका थिए ।

यसका अलावा साउथका धेरै ठूला स्टारहरु पनि कार्यक्रममा सहभागी भएका थिए । जसमा सुपरस्टार रजनीकान्त पनि थिए ।

राम मन्दिर प्राण प्रतिष्ठामा सहभागी हुन पाउँदा रजनीकान्त निकै खुसी थिए । कार्यक्रममा उनले आफू हरेक वर्ष भगवान रामको दर्शन गर्न अयोध्या आउने बताए ।

रजनीकान्त तमिल फिल्म उद्योगमा थलाइवीको हैसियत राख्छन् । उनले अयोध्या राम मन्दिर प्राण प्रतिष्ठा समारोहमा भाग लिने बारे समाचार एजेन्सी एएनआईसँग कुरा गरे । थलाइवाले भने, ‘यो ऐतिहासिक क्षण हो र म धेरै भाग्यमानी छु । म हरेक वर्ष अयोध्या अवश्य आउनेछु ।’

रजनीकान्तका अलावा चिरञ्जीवी, रामचरण र सुमन पनि दक्षिणबाट अयोध्या प्राण प्रतिष्ठा समारोहमा सहभागी भएका थिए । योसँगै अमिताभ बच्चन, अभिषेक बच्चन, कंगना रनावत, अनुपम खेर, रोहित शेट्टी, कट्रिना कैफ, विक्की कौशल, रणवीर कपूर, आलिया भट्ट, माधुरी दीक्षित, श्रीराम नेने, ज्याकी श्राफ, विवेक ओबेरोय र सुभाषलगायत बलिउडका धेरै स्टारहरू उपस्थित थिए ।




भर्खरै