२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छः अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको औँल्याउनुभएको छ ।

मंगलबार केही सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तक्र्रियामा अध्यक्ष लिङ्देनले भन्नुभयो, “मुलुकमा एकपछि अर्को गरी समस्या बढ्दै गएका छन्, जनतामा निरासा थपिँदो छ, अर्थतन्त्रको अवस्था भनिएजस्तो सुधार नभएकाले व्यवसायी पलायन भइरहेका छन्, देशबाट युवा पलायन रोक्न सकिएको छैन । त्यसैले सबै समस्याको समाधानका लागि मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ ।”

जनताका समस्या जहाँको त्यहीँ रहेका र देशले विकासको गति लिन नसकेकाले नयाँ सोच, सम्झौता र राजनीतिक प्रणालीबिना यथास्थितिबाट कुनै पनि समस्याको समाधान ननिस्कने अध्यक्ष लिङ्देनको तर्क थियो । अर्को एक प्रसङ्गमा उहाँले राप्रपा जनताका यिनै समस्याको निकास खोज्नका लागि आन्दोलनमा जाने तयारी गरिरहेको जानकारी पनि दिनुभयो ।

महँगीदेखि लिएर जनजीविकाका विविध सवालमा राप्रपाले आन्दोलन गर्ने र सो आन्दोलन शान्तिपूर्ण र जनताका पक्षमा हुने अध्यक्ष लिङदेनले बताउनुभयो । उहाँले अरु राजनीतिक दलसँगको सहकार्यमा नभई राप्रपाले अहिलेका जनताका समस्याको समाधान खोज्न र देशमा सुशासन कायम गराउनका लागि शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “राप्रपा अब पछि फर्किने अवस्थामा छैन र पहिलेको जस्तो राजतन्त्र खोजेको पनि होइन । देशमा अभिभावकीय भूमिकामा मात्र सीमित रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको छ । यो हाम्रो पुरानै अडान हो ।”

राजा हुनासाथ त्यहाँ प्रजातन्त्र हुँदैन भन्ने भाष्य निर्माण गर्न नहुने भन्दै अध्यक्ष लिङदेनले राजतन्त्र रहेका संसारका कैयौँ देशमा पूर्ण प्रजातन्त्र रहेको र राप्रपा पनि संविधानले निर्दिष्ट गरेको भूमिकामा आलङ्कारिक भूमिकाका राजाको पक्षमा रहेको धारणा राख्नुभयो । रासस




भर्खरै