२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको प्रदूषित सहरको सूचीमा काठमाडौँ १० औँ स्थानमा



अ+ अ-

काठमाडौँ । विश्वको प्रदूषित सहरको सूचीमा काठमाडौँ  ‘टप टेन’ मा परेको छ ।

हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरको अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको १० औँ स्थानमा परेको हो ।

काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा काठमाडौँको वायु गुणस्तरमा सुधार आउन सकेको छैन ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक भएको बुझिन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

भारतको दिल्ली वायु प्रदूषणको सहरमा नम्बर १ मा परेको छ । दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखाएको छ ।
वायु गुणस्तर २ सय ५९ एक्यूआइ रहेको पकिस्तानको कराँची दोस्रो नम्बरमा छ भने क्रमश: भारतको कोलकत्ता तेस्रो र बंगलादेशको ढाका चौथोमा परेको छ ।

यस्तै हेर्जेगोभिनाको सरजेबो सहर पाँचौ, म्यानमारको योगनको छैठौँ , पकिस्तानको लाहोर सातौँ, भारतको मुम्बई आठौँर मंगोलियाको उलानबाटर नवौँ नम्बरमा रहेको छ ।