२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कोशीको लगातार आठौँ हार



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार आठौँ हार बेहोरेको छ । बुधबार भएको खेलमा सुदुरपश्चिम प्रदेशविरुद्ध आठ विकेटले पराजित हुँदै कोशीले आठ खेलमा लगातार हार बेहोरेको हो ।

कोशीले जितको दिएको एक सय २४ रनको लक्ष्य सुदुरले २१.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरका लागि नरेन भट्टले ५४ रनको अर्धशतकिय नटआउट इनिङ खेले । यस्तै प्रकाश पाण्डे ३४ रनमा अविजित रहँदा खडक बोहोराले ९ र राजु रिजाल २१ रन बनाए । कोशीका लागि फिर्दोश अन्सारीले दुई विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा एक सय २३ रन बनाउदै अलआउट भएको थियो । कोशीको लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिनास थापाले २६ रन बनाए । अंकित सुवेदी २२, कमल खत्री १८, फिरदोष अन्सारी १३, सोनु अन्सारी ९, सुभन गहतराज ५, समिर कार्की ४ र सुजन थपलियो ३ रन बनाएर आउट भए ।

कोशीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले पाँच विकेट लिँदा विकास अग्रीले चार विकेट हात पारे ।

यससँग,ै कोशी ८ खेलमा सबै खेल हार्दै अंकबिहिन हुँदै तालिकाको पुछारमा रहेको छ । सुदुर भने ५ खेलमा ४ जित सहित ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा सतप्रतिशत जितसहित १० अंक बटुल्दै नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ ।