२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा योगराज उपाध्याय र नुतन थपलियाको योगदान महत्वपूर्ण छ: देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले काँग्रेस र देश निर्माणमा दिएको योगदानबारे काँग्रेसले नेपालीहरुमा बुझाउन सक्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको बताउनु भयो । उहाँले द्वय नेताहरुले दिनुभएको योगदानबारे सबै नेपालीहरुलाई बुझाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘योगराज उपाध्याय र नुतन थपलिया यी महान व्यक्तिहरु जो आज हामीले सम्मान गर्न पायौँ, उहाँहरुले धेरै ठूलो योगदान गर्नुभएको छ, नेपालका लागि । उहाँहरुका बारेमा हामी कितावहरु निकालेर भएपनि, लेखेर भएपनि हामीले सबैलाई बाँड्नुपर्छ । उहाँहरुले दिएको योगदानलाई सबै नेपालीहरुलाई यो कुरा बुझाउनुपर्छ । उहाँहरुको योगदानको जतिसुकै प्रशंसा गरेपनि कम हुन्छ । उहाँहरुलाई हामीले सधैँ सम्मान गर्नुपर्छ ।’

पार्टीको ७८ औं स्थापना दिवसको अवसरमा काँग्रेसले उपाध्याय र थपलियालाई सम्मान गरेको हो । २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी हुनुभएको थियो । नेपाल विद्यार्थी संघ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाई गर्नुभएको थियो । बिपी कोईरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासन जानुभएको थियो । थपलिया भने नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय भएर लाग्नुभएको थियो । शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिनुभएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता समेत हुनुहुन्छ ।