२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति



image: Reuters
अ+ अ-

टोकियो । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ ।

जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् ।

इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको ७.५ म्याग्नीच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको उक्त क्षेत्रको केही भाग ध्वस्त पार्नुका साथै भवनहरू भत्किएका छन्, सडकहरू भत्किएका छन् र ठूलो आगलागी भएको छ ।

इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ बिलियन डलर) देखि २.६ ट्रिलियन येन ९१७.६ अर्ब डलर० को क्षति भएको हुनसक्ने सरकारी अध्ययनले देखाएको हो ।

क्याबिनेट कार्यालयका एक अधिकारीले विगतका ठूला भूकम्पको तथ्याङ्क प्रयोग गरेर गणना गरिएको र बिहीबार सरकारी बैठकमा आर्थिक प्रतिवेदन पेश गरेको पुष्टि गरेका छन् ।

तर सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा यो निकै कम हो ।

त्यस विपत्तिले लगभग १८ हजार ५०० मानिसहरूको मृत्यु वा वेपत्ता र फुकुशिमा आणविक केन्द्रमा आणविक दुर्घटना निम्त्याएको थियो । यसलाई चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना मानिएको छ ।

अधिकारीहरूले बिहीबार इशिकावाको पुनर्निर्माणको विस्तृत योजना सार्वजनिक गरेका छन् । इशिकावामा हिमपात र नराम्ररी क्षतिग्रस्त सडकहरूका कारण भूकम्पपछि राहत प्रयासलाई जटिल बनाएको छ।

यसमा कारखाना र बन्दरगाहहरूको पुन: र्निर्माणका साथै यस क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गर्न अनुदानका साथै उद्धारका लागि आश्रयस्थलहरूमा सुधार समावेश छ ।

जापान प्यासिफिक ‘रिंग अफ फायर’ मा अवस्थित छ, जुन तीव्र भूकम्पीय गतिविधिको चाप हो जुन दक्षिणपूर्व एशिया र प्रशान्त क्षेत्रमा फैलिएको छ ।

यो देश नियमित रूपमा भूकम्पको चपेटामा पर्दै आएको छ र भवनहरूले शक्तिशाली कम्पन सहन सक्ने सुनिश्चित गर्न कडा निर्माण नियमहरू छन् ।

नयाँ वर्षको भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएका विशेष गरी ग्रामीण क्षेत्रका समुदायहरूमा धेरै संरचनाहरू पुराना छन् ।




भर्खरै