२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीरको ‘रामायण’मा विजय सेतुपतिले विभिषणको भूमिका निभाउनेछन् ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेता विजय सेतुपति यतिबेला आफ्नो फिल्म ‘मेरी क्रिसमस’लाई लिएर चर्चामा छन् । यस फिल्ममा विजयसँग कट्रिना कैफ देखिएकी छिन् । यो फिल्मपछि अब विजय सेतुपति फिल्म ‘रामायण’मा देखिने खबर बाहिर आएको छ ।

नितेश तिवारीको बहुप्रतिक्षित फिल्म ‘रामायण’ले सन् २०२४ मा रिलिजको लागि निकै उत्साह पैदा गरेको छ । यस फिल्ममा रणवीर कपुर, साई पल्लवी र यशको अभिनय रहेको खबर पहिले नै बाहिर आएको छ । फिल्मको स्टार कास्टमा विजय सेतुपति पनि सामेल भएको खबर छ ।

मिडिया रिपोर्टका अनुसार विजय सेतुपति रामायणमा विभिषणको भूमिकामा देखिन सक्नेछन् । समाचारका अनुसार नितिश र विजयबीच छलफल चलिरहेको छ, जसमा विजयले रावणको भाइको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । नितिश तिवारीले हालै विजयसँग फिल्मको कथाबारे छलफल गर्न भेट गरेको बताइएको छ ।

फिल्मको स्टार कास्ट फाइनल गरेपछि फिल्मको छायांकन मार्च २०२४ मा सुरु हुनसक्छ । दर्शकहरु यो चलचित्रको प्रतिक्षामा छन् । फ्यानहरू रणवीर कपूरलाई भगवान रामको भूमिकामा हेर्न निकै उत्सुक छन् ।