२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग खेल्ने पक्का भएको छ ।

शुक्रबार अफगानिस्तानमाथि रोमाञ्चक १ विकेटको जित निकालेको नेपाल सुपर सिक्समा तेस्रो टोलीको रुपमा पुगेको हो । समूह डी बाट न्युजिल्यान्ड र पाकिस्तान शीर्ष दुई टोलीको रुपमा सुपर सिक्समा पहिल्यै पुगिसकेका छन् ।

चार समूहमा विभाजित गराएर संचालन विश्वकपमा नेपाल समूह डी मा परेको छ । नेपालले यसअघिका दुबै खेल न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोर्यो । समूहको तेस्रो टोली पनि सुपर सिक्समा पुग्ने प्रावधान अनुसार नेपालले दुई खेल हारेर पनि एक जितसँग सुपर सिक्समा पुग्यो ।

प्रतियोगितामा समूह ए र समूह डी बीच सुपर सिक्सका खेल हुनेछ भने समूह बी र सीबीच अर्को सुपर सिक्सका खेल हुनेछ । सुपर सिक्सका दुई समूहमा खेलाइएपछि शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।

सोही प्रावधान अनुसार समूह विजेता टोलीले अर्को समूहको दोस्रो र तेस्रो टोलीसँग खेल्नेछ । यस्तै समूह उपविजेता टोलीले अर्को समूहको पहिलो र तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल तेस्रो स्थानमा रहेको हुनाले समूह ए का पहिलो र दोस्रो टोलीसँग खेल्नेछ ।

समूह ए मा भारतले दुई खेल जितेर ४ अंक जोडेको हुनाले नेपालले भारतसँग खेल्ने पक्का छ । यता, बंगलादेशको पनि ३ खेलबाट ४ अंक छ । यो समूहमा आयरल्यान्डले तीनै खेल खेलेर २ अंक जोडेको छ । अर्को टोली अमेरिका २ खेलबाट अंकविहिन छ ।