२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहारारा गोल्डकप: मनाङ–मर्स्याङ्दी र जावलाखेल भिड्दै



पोखरा रंगशाला
अ+ अ-

गण्डकी । पोखरामा जारी २३औँ संस्करणको आहारारा पोखरा गोल्डकपअन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा मनाङ–मर्स्याङ्दी र जावलाखेल युथक्लब आमनसामने हुँदैछन् ।

पोखरा रङ्गशालामा आज दिउँसो २:३० बजे सुरु हुने उक्त खेलको विजेता समूहले सेमिफाइनलमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रिस्टार क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मी क्लब, मङ्गलबार हुने चर्च ब्वाइज र एपिएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनलका लागि खेल्नेछ ।

प्रतियोगिताका विजेताले रू १२ लाख एक हजार र उपविजेताले रू छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।