२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै वडाबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य



अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर लामाले बताउनुभयो ।

उहाँले वडा नं–४ पालिकामै राम्रो सुन्तला उत्पादन हुने क्षेत्र भएको बताउनुभयो । उहाँका अनुसार सो वडाको धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ लगायतका स्थानमा सुन्तला राम्रो फलेको छ । यहाँका किसनाको मुख्य आम्दानीको स्रोत नै सुन्तला हुने गरेको छ ।

“मैले वार्षिक रु एक लाख ५० हजारभन्दा बढीको सुन्तला बिक्री गर्दै आएको छु”,  वडाध्यक्ष लामाले भन्नुभयो, “यसवर्ष मात्रै एक लाख ७२ हजारको बिक्री गरेको छु, अझै केही टिप्न बाँकी छ ।” भूकम्पपछिका पछिल्ला केही वर्षमा सुन्तला उत्पादनमा ह्रास आएको भए पनि यस वर्ष निकै राम्रो फलेको उहाँले बताउनुभयो ।

केही वर्ष अगाडि बोट सुक्ने र कीरा लाग्ने समस्या रहेकोमा पालिकाको कृषि शाखाबाट गतवर्ष कीटनासक औषधि छर्नका लागि अनुदान पाएपछि यसवर्ष राम्रो फलेको उहाँको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाका–४ लगायत अन्य वडामा पनि किसानले राम्रो सुन्तला उत्पादन गर्दै आएकाले पालिकाले गत वर्षदेखि सुन्तला प्रबद्र्धनका लागि कृषि शाखामार्फत आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । “गतवर्ष किसानका लागि कीटनासक औषधि छर्नका लागि केही सहयोग गर्‍याँै, जसबाट यसवर्ष सुन्तला राम्रो उत्पादन भएको पाएको छु”, उहाँले भन्नुभयो, “किसानको उत्साह र उत्पादन भएको सुन्तलाबाट राम्रो आम्दानी लिनसक्ने भएकाले वडा नं ४ लाई सुन्तलाको पकेट क्षेत्र बनाउने योजनामा पालिका लागिपरेको छ ।”

पालिकाले सुन्तला पकेट क्षेत्र बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट सुन्तला प्रवद्र्धन कार्यक्रम लागू हुने गरी रु १० लाख बजेट व्यवस्थापन गरेको उहाँले बताउनुभयो । विज्ञ टोलीलाई अनुसन्धान गर्न लगाउने र समस्या समाधान र तथा अझै राम्रो उत्पादनका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर विज्ञको सुझावसहित किसानको मागका आधारमा थप योजना बनाउने क्रममा रहेको उपाध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

गाउँपालिकाको भुग्देउको तावरी, गोलगाउँ, सिउरेनी सिमपानी, म्हेदाम्सु, फापरचौर, लड्कुपौवालगायतका ठाउँमा सुन्तला उत्पादन हुने गरेको छ भने वडा नं १ को झिङ्गे, अलकापुरी सुकुमफेदी लगायतका ठाउँमा पनि सुन्तलाखेती हुँदै आएको पालिकाले जनाएको छ ।

यहाँ उत्पादन भएका अधिकांश सुन्तला काठमडौँ र केही जनकपुरको बजारसम्म जाने गरेको किसान बताउँछन् । फल पाकेपछि बोटमा नै ठेकेदारले आएर खरिद गर्ने गरेको कारण उत्पादन भएको सुन्तला बिक्री गर्ने चिन्ता नरहेको यहाँका किसानको भनाइ छ ।  रासस