२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा गोल्डकप: फाइनल प्रवेशका लागि थ्री स्टार र जावलाखेल भिड्दै



अ+ अ-

काठमाण्डौ । २३औँ संस्करणको आहा ! रारा गोल्डकपको फाइनल प्रवेशका लागि आज थ्री स्टार क्लब र जावलाखेल प्रतिष्पर्धा गर्दैछन् ।

पोखरा रङ्गशालामा हुने सेमिफाइनल खेल दिउँसो साढे २ बजे बाट सुरु हुनेछ । थ्रीस्टारले भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

प्रतियोगिताको फाइनल शनिवार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।