२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुल्तान इब्राहिमद्वारा मलेसियाको सत्रौँ राजाको रूपमा शपथ ग्रहण



अ+ अ-

कोलालम्पुर । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहवीच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिनुभएको हो ।

पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्नेु हुनेछ ।

प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित हुनुभएको थियो ।

उहाँका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मङ्गलबार आफ्नो कार्यकाल पूरा गरेपछि उहाँको नियुक्ति भएको हो ।

मलेसिया संवैधानिक राजतन्त्रात्मक मुलुक हो । यहाँ नौ सुल्तान वा शासकहरू छन् । उनीहरूले आ–आफ्नो राज्यको नेतृत्व गर्छन् र पाँच वर्षको कार्यकालका लागि पालैपालो राजा बन्ने प्रावधान मलेशियाको संविधानले व्यवस्था गरेको छ ।