२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कम्पनीलाई नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा दिनु हुँदैन: नागरिक अभियन्ताहरु



अ+ अ-

काठमाडौँ । नागरिक अभियन्ताहरुले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा भएको नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलहरु विदेशीसँग सौदाबाजी गर्ने षड्यन्त्रका बिरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले आर्थिक सामाजिक हिसावमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको रणनीतिक स्वार्थ माथिको ठूलो आघात भएको बताएका हुन् ।

उनीहरुले बाहिर आएको जस्तो नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा भारतीय अडानि ग्रुपलाई दिने तयारी भएको भए घातक विषय भएको बताए । नागरिक अभियन्ता एवं नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलहरु भारतीय कम्पनीलाई सञ्चालन गर्न दिनेकुरा आर्थिक,प्राविधि र राष्ट्रको दीर्घकालिन हिसावले उपयुक्त नभएको बताउनु भयो । उहाँले भूपरिवेष्ठित मुलुकहरुले वाह्य विश्वसँग सम्पर्क गर्ने माध्यम हवाई र रेल्वे यातायात भएको बतउनु भयो ।

उहाँले नेपालले हवाई उडानलाई विदेशी मुलुकसँग बहुपक्षीय सम्बन्ध बिस्तारको लागि प्रयोग गरिरहेको बताउनु भयो । आर्थिक, सामाजिक हिसावमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको देशलाई ठूलो आघात हुनु रहेको धारणा राख्नुभयो । उहाँले नेपालको वाह्य मुलुकसँग जोडिने माध्यम भनेको हवाई यातायात भएको भन्दै अन्तर्राष्ट्रिय विमानस्थलहरु राज्यको अग्रसरतामा सञ्चालन गराउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपध्यायले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालनमा दिने विषय बाहिर आएकाले यसको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार भारतसँग कम्फरटेबल रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईले सबैकुरा बुझ्न सहज हुने बताउनु भयो । उहाँले सरकारले दिन चाहेको भए जनतालाई भ्रममा राख्न नहुने भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले यदी सरकारले भारतीय कम्पनीलाई सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिने तयारी गरेको भए देशको लागि घात हुने बताउनु भयो । भारतीय कम्पनीलाई विमानस्थल सञ्चालन गर्न दिँदा मुलुकको सुरक्षामा खतरा आउने उहाँको भनाई छ ।

नेकपा मालेका महासचिव सिपी मैनालीले नेपाल घेरेको मुलुकको कम्पनीलाईअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिन नहुने बताउनु भयो । उहाँले मुलुक गरिव र विमानस्थल सञ्चालनको विज्ञतामा कमी भएपनि भारतीय कम्पनीलाई दिन नहुने भन्दै नेपाल सरकारले नै सञ्चालन गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सुरक्षासँग जोडिएको राजनीतिक विषय पनि भएको दाबी गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालन गर्न दिने विषय मुलुकको सुरक्षा,राजनीति र भूराजनीतिबाट अलग गरेर हेर्न नसकिने बताउनु भयो । उहाँले वर्तमान सरकार बनेदेखि विवादास्पद बन्दै गएको बताउनु भयो । उहाँले सरकारलाई मुलुकलाई आघात हुने खालका कामहरु गर्न छुट नभएको भन्दै सबैले खबदारी गर्न आवश्यक रहेको बताउनु भयो ।