२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी चौधरी र थापालाई हिरासतमा राख्ने अनुमति लिन अदालत लगिँदै



अ+ अ-

काठमाडौं । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरण पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापाविरुद्ध कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिनको लागि आज नै जिल्ला अदालत लैजाने तयारी गरेको छ ।

उनीहरुलाई चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अदालत लैजाने तयारी गरिएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले दुवै जनालाई आज बिहान पक्राउ गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख सिंहलाई प्रयोग गरेर २०४३ भदौ १० गते बिनोद चौधरीले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा १० रोपनी जग्गा लिएका थिए ।