२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसबारी प्रकरण: नातेदार पक्राउ परेपछि राष्ट्रपतिका सल्लाहकार सीआईबीमा



file photo
अ+ अ-

काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा पक्राउ परेका अजित नारायण थापालाई भेट्न सीआईबी पुगेका छन् ।

छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष समेत रहेका थापालाई बिहिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

अजित पक्राउ परेका खबर पाएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा सीआईबी पुगेका हुन् । अजित उनको नातेदार भएको बताइएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले थापासहित व्यवसायी अरुण चौधरी र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ गरेको छ ।