२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूनम पाण्डेः विश्वकपमा कपडा फुकाल्नुदेखि राज कुन्द्रासँगको झगडासम्म



अ+ अ-

एजेन्सी । भारतीय मोडल पूनम पाण्डेको निधनको खबरले सनसनी मच्चाएको छ । केवल ३२ वर्षको उमेरमा पाठेघरको मुखको क्यान्सरका कारण उनले संसारलाई बिदा गरिन् ।

पूनम पाण्डे हिन्दी फिल्म इन्डस्ट्रीको एक हिस्सा रहेकी छिन्, जसको जीवन सधैं विवादहरूमा घुम्छ । पूनम पाण्डेको छोटो जीवनमा संघर्ष निकै लामो रह्यो ।

आर्थिक संकटमा बाल्यकाल बित्यो
कानपुरकी पूनमको बाल्यकाल आर्थिक संकटमा बित्यो । लक–अपमा सहभागी हुँदा अभिनेत्रीले घरमा एक पैसा नभएको दिन पनि देखेकी थिइन् । यस्तो अवस्थामा उनको परिवारले खानाको नाममा भात, नुन र पानीले पेट भर्ने गर्दथ्यो ।

विवादसँग घनिष्ठ सम्बन्ध
जीवनमा अगाडि बढ्ने चाहनाले पूनम पाण्डे उत्तर प्रदेशको एउटा सानो सहर छोडेर मुम्बई पुगिन् । यहाँ पनि उनको बाटो कठिन रह्यो । फिल्म नशाबाट बलिउडमा प्रवेश गरेकी पूनम पटकपटक विवादको सिकार भइन् । भारतीय क्रिकेट टोलीबाट राज कुन्द्रासँग कानुनी लडाइँ लड्नेदेखि लिएर पूनमका केही विवादका बारेमा यहाँ चर्चा गरौँ ।

पूनम पाण्डेले भारतीय क्रिकेट टिमको बारेमा आफ्नो बयानले रातारात देशमा सनसनी मच्चाएकी थिइन् । अभिनेत्रीले फ्यानलाई वाचा गरिन् कि यदि भारतीय क्रिकेट टोलीले २०२१ को विश्वकपको खेल जित्यो भने, उनी आफ्नो लुगा फुकाल्नेछिन् । पुनमको यो भनाइले उनलाई तुरुन्तै चर्चामा ल्यायो ।

श्रीमानमाथि यौन दुर्व्यवहारको आरोप
तीन वर्ष डेटिङ गरेपछि पूनम पाण्डेले सन् २०२० मा आफ्ना प्रेमी साम बम्बेसँग विवाह गरेकी थिइन् । तर, अभिनेत्रीको विवाह एक महिना पनि टिक्न सकेन । गोवामा हनिमुनका क्रममा पूनम पाण्डेले श्रीमान् विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । पूनमले आफूलाई साम बम्बेले यौन दुव्र्यवहार गरेको र त्यसपछि गम्भीर परिणाम भोग्ने धम्की दिएकी थिइन् ।

राज कुन्द्रासँग कानुनी लडाइँ
शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएर विवादमा आएका थिए । त्यही क्रममा पुनम पाण्डेसँगको उनको कानुनी लडाई पनि चर्चामा आयो । नायिकाले आफ्नो नाममा एप बनाउन राज कुन्द्रासँग सम्झौता गरेकी थिइन् । त्यसको बदलामा उनीहरुले राजस्वमा हिस्सा पाउने निर्णय भएको थियो । पुनम पाण्डेका अनुसार कम्पनीमा सेयरलाई लिएर विवाद चलिरहेको थियो । यस्तो अवस्थामा उनले आफ्नो सम्झौता फिर्ता गरिन् तर त्यसको परिणाम उनले पनि भोग्नु परेको थियो ।

पूनमको जीवन नरक बन्यो
पूनम पाण्डेले भनिन्, ‘केही दिनपछि उनको व्यक्तिगत नम्बरमा अपरिचित व्यक्तिबाट फोन आउन थाल्यो । यो सबै देखेर पुनम यति विचलित भइन् कि उनले केही महिनाको लागि देश छोडेकी थिइन् । पुनम पाण्डेले राज कुन्द्रामाथि धेरै गम्भीर आरोप लगाएकी थिइन् । उनले राजसँग काम गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको बताइन् । उनले आफ्नो सम्झौता फिर्ता लिएपछि उनलाई तलब पनि दिइएन । यसबाहेक, उनको व्यक्तिगत खाताहरू ह्याक गरियो र उनको गोपनीयता उल्लङ्घन गरियो ।