२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसबारी छाला उद्योगको शेयर अरुण चौधरीले ३६ लाखमा किनेको पाईयो: सीआईबी



अ+ अ-

काठमाडौं । बाँसबारी छाला उद्योगको शेयर अरुण चौधरीले ३६ लाखमा किनेको पाईएको छ । शुक्रबार पत्रबार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको जनाएको हो ।

२०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुणले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको बताएको छ । सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुने भनिएको थियो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छालाजुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ ।

बासबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिएको थियो । बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।

२५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रूपैयाँमात्र पर्ने भएपनि बाँसबारीले २६ लाख रूपैयाँ मुल्य बराबरको १० रोपनी जग्गा दिएको सीआईबीको भनाइ छ । कम्पनीमा रहेको सरकारी शेयर अरुण चौधरीले किनेको दाबि गर्दै सीआईबीका एसएसपी दिनेश आचार्यले भने ‘चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्‍याइएपछि बाँकी अरु पक्षबाट ७४ लाख रूपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाखमात्र लगानी भएको पाइयो । त्यसमा पनि कम्पनीले ३ वर्षसम्म उत्पादन गरेको देखिन्छ’ ।

सीआईबीले तीन महिना लामो अनुसन्धानपछि मात्र निष्कर्शमा पुगेको बताएको छ । सीआईबीले बिहीबार यस प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजितनारायण थापासहित तीन जनालाई पक्राउ गरेको थियो ।

 




भर्खरै