२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार भण्डारीको ‘फर्केर हेर्दा’ बजारमा



अ+ अ-

दमौली । तनहुँका वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको कृति ‘फर्केर हेर्दा’ बजारमा आएको छ । तनहुँको भिमाद नगरपालिका–६ निवासी भण्डारीको एक सय २२ पृष्ठ लामो जीवनवृत्तान्त पुस्तक बजारमा आएको हो ।

पुस्तकमा विभिन्न कालखण्डमा घटेका महत्वपूर्ण गतिविधि समेटिएको भण्डारीले जानकारी दिनुभयो । पुस्तकमा ४० उपशीर्षकमा लेखरचना समावेश छन् । यसलाई पाँच अध्यायमा विभक्त गरिएको उहाँको भनाइ छ ।

पहिलो अध्यायमा बाल्यकाल, शिक्षा आर्जन र जागिरे जीवनलाई चित्रण गरिएको छ । दोस्रो अध्यायमा राजनीतिक गतिविधि समावेश छ । तेस्रो अध्यायमा पत्रकारिताबारे उल्लेख छ भने चौथो अध्यायमा जीवनका विविध विषयका लेखरचना समावेश छ । त्यस्तै पाँचौँ अध्यायमा केही पूर्वप्रकाशित लेख समावेश गरिएको छ ।

प्रेस स्वतन्त्रता सेनानी भण्डारीले भन्नुभयो, “मेरो स्मृति पटलमा अमिट छापका रुपमा सम्झनाका पाना पल्टाउँदै गर्दा पुस्तक तयार भएको छ । बाल्य कालदेखिका मेरा व्यक्तिगत जीवनसँग जोडिएका घटनाक्रममा आधारित पुस्तक नेपाली वाङ्मय भण्डारमा के कति उपयोगी होला पाठकको छनोटको विषय हो भन्ने लागेको छ ।”

पुस्तकमा प्रसङ्गवस आएका कुरा मात्र टिपोट गरेको जनाउँदै भण्डारीले सबैकुरा समेटिने सम्भावना रहेको उल्लेख गर्नुभयो । पुस्तकमा आरम्भ शिक्षा र जागिर, राजनीतिक यात्रा, पत्रकारिता, विविध र पूर्व प्रकाशित केही लेखलाई समेटिएको छ ।

स्याङ्जाको हरिनास गाउँपालिका–२ (साविक तिरतिरे मग्याम चिसापानी)मा विसं २००५ माघ २६ गते जन्मिनुभएका भण्डारीले यसअगाडि सम्पादकीय सङ्ग्रह भाग १ र भाग २ प्रकाशित गरिसक्नुभएको छ । भञ्ज्याङ दैनिकको सम्पादक रहिसक्नुभएका उहाँ लामो समय पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । रासस




भर्खरै