२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लघुबित्त र सहकारीको समस्या समाधान गर्न सरकार उदासिन,बेवास्ता गरे परिस्थिति बिष्फोटक हुन्छ: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको भन्दै तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति बिष्फोटक हुने चेतावनी दिएका छन् ।

समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र सड्ढटग्रस्त हुँदा सरकारको ध्यान र समस्या समाधानमा उच्च प्राथमिकतामा नपर्दा अबस्था जटिल भएको थापाको धारणा थियो ।

सहकारी र लघुबित्तका कारण अहिले हरेक नेपाली जनताको घर घरमा समस्या उत्पन्न भएको चर्चा गर्दै थापाले ७३ लाख परिवारसङ्ग जोडिएको बिषयलाई सरकारले हलुका रुपमा लिएकोमा आपत्ती समेत प्रकट गरे । सहकारी संचालक, बचतकर्ता र ऋणिहरु कसैलाई पनि अन्याय नहुने गरि सरकारले समस्या समाधानका लागि भएका सहमतिहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै थापाले सड्ढटग्रस्त सहकारी पहिचान गरि राष्ट्रियकरण गर्न समेत पछि पर्न नहुने तर समस्याको समाधान अनिवार्य रुपमा हुनुपर्ने आबश्यकता औल्याए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेबी मल्लले समस्या समाधानमा महासंघ सकारात्मक भुमिका खेल्न तयार भएको तर सरकारको प्राथमिकतामा यो बिषय नपरेकोमा चिन्ता ब्यक्त गरिन । कार्यक्रममा पुर्ब सचिब एबं बिज्ञ गोपि मैनालिले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारी संचालक , सहकारीकर्मी , पिडित पक्षहरुले समस्या र समाधानको उपाएका बिषयमा आफ्नो आफ्नो धारणा राखेका थिए । राप्रपा नेपालको सहकारी बिभागले कार्यक्रम गरेको तथा कार्यक्रमको निष्कर्ष सहित सरकारलाई ज्ञापनपत्र बुझाईने बिभागका प्रमुख राजकुमार खड्काले जानकारी दिए ।




भर्खरै